सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

दैनिक नेपाल २०८१ वैशाख १६ गते १६:२०

काठमाडौं, १६ बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिँदा नेपालले हार बेहोरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाउनुभयो भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाउनुभएको थियो ।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २(२ विकेट लिनुभएको थियो भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिनुभयो । वेस्ट इन्डिज ‘ए’ को यो जित पछि ५ खेलको सिरिज १/१ ले बराबरी भएको छ ।

अब सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित