सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

इलामको प्रारम्भिक मत परिणाम सार्वजनिक, कसले कति मत पाए ?

दैनिक नेपाल २०८१ वैशाख १६ गते १४:५८

इलाम, १६ बैशाख । उपनिर्वाचन अन्तर्गत इलाम-२ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

जसअनुसार यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले लिड गरिरहनुभएको छ । खड्काले ६५७ मत पाउनुभएको छ ।

यस्तै, खड्कालाई नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहनुभएको छ । उहाँले ५३४ मत पाउनुभएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु हुनुहुन्छ । उहाँले ११५ मत पाउनुभएको छ ।

यस्तै चौथो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत पाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित