शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

एमाले अध्यक्ष ओलीलाई कुम्भ मेलामा अभिनन्दन (तस्वीरहरूसहित)

दैनिक नेपाल २०८१ वैशाख १५ गते २१:०२

सुनसरी, १५ बैशाख । सुनसरीको बराहक्षेत्र चतरामा जारी कुम्भ मेलामा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गरिएको छ ।

१२ बर्षे पिण्डेश्वर महाकुम्भ मेला मूल आयोजक समितिका तर्फबाट जगत गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्यक्ष ओलीलाई अभिनन्दन गर्नुभएको हो ।

चुच्चे नक्साजारी गरि नेपालको गुमेको भूभाग फकाउर्नु भएको भन्दै जगत गुरुले अध्यक्ष ओलीको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले बराह क्षेत्र देव भूमि, पून्यभूमि, तपोभूमि र ज्ञानभूमि भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘कोशी क्षेत्र सप्त ऋषिहरुले तपस्या गरेको भूमि भएकाले यो पवित्र भूमि हो ।’ यस्तो महत्वपूर्ण भूमिलाई विश्वसामु चिनाउन जगत गुरुले गर्नुभएको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।

बराह क्षेत्र चतरालाई महाधाम बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसकालागि आफनो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत अध्यक्ष ओलीले जनाउनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीहरु शेरधन राई, हिक्मत कार्की पनि उपस्थित हुनुहुन्थ्यो ।

कुम्भ मेलाको उन्नाइसौँ दिन आज कुम्भ नगरी चतराधाममा एकैदिन चार लाखभन्दा बढी भक्तजनले स्नान गर्नुभएको आयोजकले जनाएको छ । चैत २७ गतेबाट सुरू भएको पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया
सम्बन्धित