बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

सिडी विजय अघिकारीको ‘जीवनको रेल’मा दिपेन्द्रराज र अलिसा

दैनिक नेपाल २०८१ वैशाख १५ गते १५:३५

काठमाडौं, १५ वैशाख । गायक सिडी विजय अधिकारीको मर्मस्पर्षी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आफूलाई भन्दा बढी माया गरेकी पत्नीले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ । त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीको । गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाका धनी गीतकार हुनुहुन्छ ।

गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाउनुभएको छ ।

प्रेममा पनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन विष्टले गज्जबको अभिनय गर्नुभएको छ ।

सार्वजनिक भिडियोको छायांकन महेश महराले गर्नुभएको हो भने सम्पादन र कलरिङ दिनशन शाहले गर्नुभएको हो ।

भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित