आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सुनिल पौडेललाई थुनामा राख्न आदेश

दैनिक नेपाल २०८१ वैशाख १३ गते १९:१८

काठमाडौं, १३ बैशाख । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ। अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतले उहाँलाई बुधबार थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

उनीसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार मुद्दा दायर गरेको थियो । उहाँलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।

नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि उहाँ दोषी ठहर भइसक्नुभएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले घुसबापतको रकम सिंगापुरको बैंकमा राखेको अख्तियारले जनाएको छ ।

अख्तियारले पौडेलविरुद्ध अदालतमा दायर गरेको अभियोगपत्रमा उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २२६ जम्मा रहेको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित