आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

शरणार्थी प्रकरण : आङटावा शेर्पा र गोविन्द चौधरीलाई धरौटीमा छाड्न आदेश

दैनिक नेपाल २०८१ वैशाख १३ गते १८:५९

काठमाडौं, १३ बैशाख । नक्कली शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले पूर्वसांसद आङटावा शेर्पा र गोविन्द चौधरीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले शेर्पालाई ३० लाख र चौधरीलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यस्तै, हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ। उहाँलाई यसअघि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

टोपबहादुर रायमाझीसहित सातजनालाई भने थुनामै राख्न आदेश भएको छ । जिल्ला र उच्च अदालतको आदेशविरूद्व उहाँहरू सर्वोच्च अदालत पुग्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित