आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

हत्या आरोपमा ११ जना पक्राउ

दैनिक नेपाल २०८१ वैशाख १३ गते १५:१०

सल्यान, १३ बैशाख । सल्यानको कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिका-५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समूहले विकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज हुनुभएको छ भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित