आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

दैनिक नेपाल २०८१ वैशाख १३ गते ७:२१

काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको थियो ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा पुगेको छ । बुधबार युरो एकको खरिददर १४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६५ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रीदर १६६ रुपैयाँ २० पैसा पुगेको छ । हिजोको तुलनाम आज युरोको भाउ बढेको छ । हिजो पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ६८ पैसा रहेको थियो ।

बुधबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेकामा आज रियालको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित