सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?

दैनिक नेपाल २०८१ वैशाख १२ गते ११:४३

काठमाडौं, १२ वैशाख । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रनको वर्षा भएको छ ।

२० ओभरमा २०० रन सामान्य बनेको छ । आईपीएलको इतिहासमै अहिलेसम्मको धेरै रन यस आईपीएलमा बनेको छ ।

सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै ठूलो टोटल २८७ रन बनाएको छ । त्यसपछि २७७ रनको टोटल पनि उसकै नाममा रहेको छ ।

त्यस्तै, कोलकोताले २७२ रन बनाएको छ ।

त्यसैगरी खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने यस आईपीएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन् । जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन् । उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए ।

त्यस्तै, यस आईपीएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन् ।

त्यस्तै, शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान ऋतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एकएक शतक बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित