सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने

दैनिक नेपाल २०८१ वैशाख १२ गते ९:०७

मुम्बई, १२ वैशाख । गत वर्ष एउटा खबर भाइरल भएको थियो कि आमिर खानले आफ्नो एक्टिङ्ग ब्रेक तोड्न लागेका छन् ।

खासमा अब उनले जोया अख्तरसँग फिल्म बनाउने भएका छन् । केही समय पछि यी समाचारहरू लुकाइएको थियो । तर, अब आमिर र जोयाले मिलेर चाँडै नै अर्को फिल्म बनाउने बताइएको छ ।

पिंकभिलाको भर्खरैको रिपोर्ट अनुसार यो जीवन शैलीको फिल्म हुनेछ । यो एक मध्यम उमेरको व्यक्तिको कथा हुनेछ ।

जोयाका धेरैजसो फिल्महरू जस्तै यो पनि हलुका ड्रामा फिल्म हुनेछ । फिल्मको कथा र कन्सेप्ट तयार भइसकेको छ । त्यसलाई पटकथाको आकार दिन मात्र बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित