सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

लखनउले चेन्नईलाई ६ विकेटले हरायो

दैनिक नेपाल २०८१ वैशाख १२ गते ७:००

काठमाडौं, १२ वैशाख । इन्डियन प्रिमिय लिग (आईपीएल)अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिङ गर्दै अविजित १२४ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले कप्तान ऋतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो ।

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक हासिल गरेर चौथो स्थानमा उक्लिएको छ ।

त्यसैगरी, चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक रहेको छ र अंक तालिकामा पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित