७ श्रावण २०८३, बिहिबार

चलचित्र ‘नमेटिने घाउ’ मा एमाले अध्यक्ष ओलीको अभिनय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गर्नुभएको छ ।

आज अध्यक्ष ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुभएको हो । एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुभएको छ ।

चलचित्र एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।

२०७७ असोजमा अध्यक्ष ओली नेतृत्वको मन्त्रिपरिषद्ले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुनेगरी फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधनको प्रस्ताव पास गरेको थियो ।