शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

नेपाल टुरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, को को परे ?

दैनिक नेपाल २०८१ वैशाख ११ गते ८:०२

काठमाडौं ११ वैशाख । वेस्ट इन्डिजले नेपाल टुरमा आउने ‘ए’ टिमको छनोट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले यही अप्रिल २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ‘ए’ टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उपकप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ ।

वेस्ट इन्डिज ‘ए’ टिमले नेपालमा पाँच टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको छ । विश्वकप अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ ।

यो कुनै पनि वेस्ट इन्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलो पटक भएकाले यसलाई ऐतिहासिक अवसरको रुपमा समेत हेरिएको छ ।

वेस्ट इन्डिज ‘ए’ टिम-  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श ।

प्रशिक्षण टिमः मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषकः अवनेश सीताराम ।

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच पहिलो खेल अप्रिल २७ मा हुनेछ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथोँ मे २ मा र पाँचौँ ४ मे मा हुने छ ।

टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपरान्ह १ बजेदेखि सुरु हुने छन् ।

प्रतिक्रिया
सम्बन्धित