शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

दैनिक नेपाल २०८१ वैशाख ११ गते ७:३९

काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ । सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ रहेको थियो भने बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसाले कारोबार भएको थियो ।

कतारी रियालको मूल्य खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित