शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

इन्टर मिलानले जित्यो इटालियन सिरी ‘ए’को उपाधि

दैनिक नेपाल २०८१ वैशाख ११ गते ७:१८

काठमाडौं, ११ वैशाख । इन्टर मिलानले यस सिजनको इटालियन सिरी ‘ए’को उपाधि जितेको छ ।

गएराति सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ‘ए’को उपाधि ५ खेल अघि नै जितेको हो ।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एकएक गोल गरेका थिए ।

त्यस्तै, एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए ।

यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।

यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अंक भएको छ र लिगमा ५ खेल बाँकी हुदै सिरी ‘ए’को उपाधि जितेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अंक रेहको छ ।

इन्टर मिलानले योसहित सिरी ‘ए’को उपाधि २० पटक जितेको छ ।

सिरी ‘ए’को उपाधि अहिलेसम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो । युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ । युभेन्टसले २०१९/२० सिजन यता सिरी ए उपाधि जितेको छैन ।

प्रतिक्रिया
सम्बन्धित