शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो

दैनिक नेपाल २०८१ वैशाख ११ गते ७:१३

काठमाडौं, ११ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १८० रनको लक्ष्य पछ्याएको राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

राजस्थानको जितमा यशस्वी जैसवालले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सन्जु सामसनले अविजित ३८ रन बनाएका थिए ।

यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाएका थिए ।

त्यस्तै, राजस्थानका बलर सन्दीप शर्माले ५ विकेट लिएका थिए ।

यो यस सिजनमा राजस्थानको सातौँ जित हो । ८ खेलमा ७ जित र एक हार बेहोरेको राजस्थानको १४ अंक रहेको छ र शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी, मुम्बईको भने यो यस सिजनमा पाँचौँ हार हो । ८ खेलमा ३ खेल जितेको मुम्बईले योसहित पाँच खेल हारेको छ र ६ अंकसहित सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित