शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा टकबहादुर रुवाली

दैनिक नेपाल २०८१ वैशाख १० गते ९:०७

काठमाडौं, १० वैशाख । धादिङबाट अमेरिका पुगेर बसोबास गर्दै आएकाहरुको साझा संस्था ‘धादिङ नेपाली समाज अमेरिका’को अध्यक्षमा टकबहादुर रुवाली चयन हुनुभएको छ ।

आइतबार अमेरिकास्थित रिजवुड नेपाली कम्युनिटी हलमा सम्पन्न समाजको तेस्रो अधिवेशनले त्रिपुरासुन्दरीका रुवालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गंगाजमुनाका हिमाल (सागर) अधिकारी, उपाध्यक्षमा गणेश लम्साल, महासचिवमा राम मल्लठकुरी, सचिवमा निरज अमात्य चयन हुँदा कोषाध्यक्षमा बलराम श्रेष्ठ, सहकोषध्यक्षमा हरि गिरी चयन हुनुभयो ।

यस्तै, सदस्यहरुमा विक्रम अधिकारी, बुद्धिमान बज्रचार्य, देवेन्द्र गिरी, जनक गुरुङ, कुमार ढकाल, रविन विडारी, रामचन्द्र उप्रेती, सन्तोष लम्साल, सुदेष्ण अधिकारी, टेकमान गुरुङ, उत्तमराज अधिकारी, दिनेश नहर्की रहनुभएको छ ।

नयाँ कार्यसमिति गठनका लागि निर्वाचन प्रमुखमा रामहरि अधिकारी र सदस्यद्वयमा दिवाकर पाण्डे र कुलप्रसाद गौली रहनुभएको थियो ।

धादिङमा सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको समाजको आजिवन सदस्य ९१ जना र साधारण सदस्य ३९५ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित