शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

पञ्जावमाथि गुजरात ३ विकेटले विजयी

दैनिक नेपाल २०८१ वैशाख १० गते ७:०३

काठमाडौं, १० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४३ रनको लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो ।

यो यस सिजनमा गुजरातको चौथो जित हो । ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै, पञ्जावको भने यस सिजनमा यो छैटौँ हार हो । ८ खेलमा २ जित मात्र हासिल गरेको पञ्जाव नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित