सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

ह्वाइट लोटस पावरले साधारण शेयर निष्काशन गर्ने, एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त

दैनिक नेपाल २०८१ वैशाख ९ गते २०:५९

काठमाडौं, ९ बैशाख । ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँका दरले १२ लाख शेयर जारी गर्ने भएको हो । शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा बिक्री गरिने कम्पनीले जनाएको छ । जसका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गर्नुभयो ।

ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुलेस्थित हिदी खोलाको पानी सदुपयोग गरी ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित