
बुटवल, ९ बैशाख । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ ।
जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी हुनुभएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका अहिरले पदबाट राजीनामा दिनुभएको हो । गत चैत २५ मा अहिर मन्त्री नियुक्त हुनुभएको थियो ।
जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिनुभएको हो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहनुभएको छ । मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिदा ४८ मत पाउनुभएको थियो ।
जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ ।








प्रतिक्रिया