२५ जेष्ठ २०८३, सोमबार

‘खजुरे ब्रो’को ‘मनि मनि’ बोलको र्‍याप गीत रिलिज

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । यही वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ । शनिबार ‘मनि मनि’ बोलको र्‍याप गीत रिलिज गरिएको हो ।

गीतमा पछिल्लो समयका चर्चित र्‍यापर कुशल पोखरेलको आवाज रहेको छ । शब्द पनि गीतमा कुशलकै रहेको छ । गीतमा संगीत भने केपासको रहेको छ।

गीतमा पैसाको बयान गरिएको छ । बलिउडमा प्रोमोसनका लागि यस्तो शैलीका भिडियोहरु बनाउने र फिल्मको प्रोमोसन गर्ने प्रचलन छ ।

त्यस्तै गरेर चलचित्रको प्रोमोसनका लागि यो गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताउनुभयो ।

चलचित्र ‘खजुरे ब्रो’ अहिले चलिरहेका ट्रेन्ड भन्दा फरक स्वादको रमाइलो फिल्म बनेको र त्यसको प्रचार छुट्टै शैलीले गरौँ भन्ने योजनाका साथ यो भिडियो निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ।

यता भिडियोमा भने फिल्मकी नायिका नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ । उसो त फिल्मका कलाकार नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेको देख्न सकिन्छ । रेअर राई, विनिता थापा मगर, महेश त्रिपाठी लगायतका कलाकारहरु पनि भिडियोमा रहनुभएको छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमाका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुनुहुन्छ । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुनुहुन्छ ।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायांकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुनुहुन्छ । सिनेमामा अनमोल गुरुङको संगीत रहेको छ । सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) हुनुहुन्छ ।

नीतिको यो डेव्यू फिल्म हो । पहिलो फिल्म भएकोले पनि नीति निकै उत्साहित हुनुहुन्छ । धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा कमेडी जनरामा फिल्म बनेको हो । फिल्ममा खजुरे ब्रोको भूमिका रेअर राईले निर्वाह गर्नुभएको छ ।