शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

दैनिक नेपाल २०८१ वैशाख ९ गते ७:१०

काठमाडौं, ९ वैशाख । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ ।

एफए कपको फाइनल भने मे २५ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित