शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

सनराइजर्ससँग हार्‍यो दिल्ली क्यापिटल्स

दैनिक नेपाल २०८१ वैशाख ९ गते ६:५४

काठमाडौं, ९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २६७ रनको विशाल लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अलआउट हुँदै १९९ रन बनाएको थियो ।

यसअघि ट्राभिस हेडको आक्रामक ३२ बलमा ८९, अभिषेक शर्माको १२ बलमा ४६ शहबाज अहमदको ५९ तथा नितिश रेड्डीको ३७ रनको मद्दतले सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सनराइजर्सको ७ खेलमा ५ जित र २ हारसहित १० अंक भएको छ ।

त्यसैगरी दिल्ली क्यापिटल्सको भने ८ खेलमा ३ जित र ५ हारसहित ६ अंक रहेको छ र अंकतालिकामा सातौँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित