शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

नेपाल हङकङसँग पराजित, इमर्जिङ कपमा छनोट हुन असफल

दैनिक नेपाल २०८१ वैशाख ८ गते १९:४४

काठमाडौं, ८ वैशाख । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए ।

त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्वाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एकएक विकेट लिएका थिए ।

यो जितसँगै हङकङ आगामी इमर्जिङ टिम्स एशिया कपका लागि छनोट भएको छ । इमर्जिङ टिम्स एशिया कपमा ओमान, युएई र हङकङ छनोट भएको छ ।

एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल भने यस प्रतियोगितामा चौथो रहँदै एशिया कप र इमर्जिङ टिम्स एशिया कप दुवैमा छनोट हुन असफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित