शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

दैनिक नेपाल २०८१ वैशाख ८ गते १६:०४

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा आज नेपाल र हङकङ खेल्दै छन् । यस खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । योसँगै हङकङले पहिला बलिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले टिममा कुनै परिवर्तन गरेको छैन् ।

नेपालको प्लेइङ ११-  रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र ललित राजवंशी ।

प्रतिक्रिया
सम्बन्धित