१३ असार २०८३, शनिबार

रिलिजअघि नै ‘पुष्पा २’ले १,००० करोड कमाउने

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, ८ वैशाख । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ ।

फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।

अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १,००० करोड रुपैयाँ कमाउने खबर छ । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स १०० करोडमा बिक्री भएको छ ।

त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । र, स्याटेलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ । यी सबैलाई एकसाथ लिने हो भने ‘पुष्पा २’को रिलिज अघिको व्यापार १,००० करोड रुपैयाँ पुगेको छ ।