शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

दैनिक नेपाल २०८१ वैशाख ७ गते २१:०६

काठमाडौं, ७ बैशाख । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन् ।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४:१५ बजेदेखि हुने छ । त्यस्तै, प्रिमियर कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित