शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

झन्डै शतप्रतिशतले बढ्यो कृषि विकास बैंकको खुद नाफा

दैनिक नेपाल २०८१ वैशाख ७ गते २०:५८

काठमाडौं, ७ बैशाख । कृषि विकास बैंकको खुद नाफा झन्डै शतप्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकको खुद नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब ४ करोड १० लाख रहेको थियो। हाल संचालन रहेका वाणिज्य बैंक मध्ये कृषि विकास बैंकको नाफा सर्वाधिक बढेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ७ अर्ब २० करोड पुगेको छ । बैंकको संचालन मुनाफा २ अर्ब ६७ करोड रहेको छ ।

बैंकको चुक्ता पुंजी १९ अर्ब ८८ करोड रहेको छ भने रिजर्भमा १५ अर्ब ६४ करोड रहेको छ । बैंकको निक्षेप संकलन २ खर्ब २८ अर्ब रहेको छ भने बैंकले १ खर्ब ९६ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा सुधार हुँदै ४.२० प्रतिशतबाट घटेर ३.३ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रति शेयर खुद मूल्य २२२.८५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित