शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

दैनिक नेपाल २०८१ वैशाख ७ गते १८:०४

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुनुहुने भएको छ । शनिबारदेखि सुरू हुने प्रतिनिधि परिषदको बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।

शुक्रबार पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिनुभएको छ । बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने उहाँको भनाइ छ ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट-चिवाभज्याङ यात्राको समीक्षा हुने उहाँले जानकारी दिनुभयो। यसैगरी, आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले बताउनुभयो ।

बैठकमा एकजना विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मान प्रदान गरिनेछ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत अन्य पार्टीका शिर्ष नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित