२१ असार २०८३, आइतबार

मुलुकमा उत्पन्न निराशालाई तोड्न नयाँ समीकरण बनाइयो : एमाले

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि नयाँ समीकरण बनाएको बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उहाँले विगतको गठबन्धनका कारणले आज मुलुक निराशाबाट गुज्रिरहेको भन्दै त्यसलाई तोड्नको लागि एमाले अगाडि बढेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘एक प्रकारले विगतको गठबन्धन सरकारका कारणले गर्दा तीन वटा चुनौतीहरुबाट हामी गुज्रिरहेका थियौं । एउटा राजनीतिक अस्थिरता, सामाजिक अराजकताको चुनौती थियो । अर्को सामाजिक मूल्यहरुको विघटन र तेस्रो मुलुकमा चरम आर्थिक संकटको अवस्था थियो । जसका कारण नेपाली समाजमा चरम निराशा उत्पन्न भइरहेको, युवाहरु पलायन भईरहेको थियो । यो अवस्थालाई अन्त्य गर्नका लागि नेकपा एमाले विरुद्धको जुन घेराबन्दी थियो त्यसलाई तोडेर अघि बढेको हो ।’

मुलुकलाई सकारात्मक दिशाबाट अगाडि बढाउने कुराको निष्कर्ष राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबाट निकाल्ने उहाँले जानकारी दिनुभयो । वैशाख ८ र ९ गते आयोजित नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा हुन गइरहेको छ ।