बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

काँग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

दैनिक नेपाल २०८१ वैशाख ७ गते १४:०२

पोखरा, ७ बैशाख । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित