बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

दैनिक नेपाल २०८१ वैशाख ७ गते १२:१४

काठमाडौं, ७ बैशाख । नेपालले युएईविरुद्धको खेलमा खराब शुरुवात गरेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो ।

पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ । आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन् । उनलाई युएईका बलर ओमिद शाफी रहमानले आउट गर्नुभएको हो ।

यस अघि युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित