३० आश्विन २०८३, शुक्रबार

युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ बैशाख । नेपालले युएईविरुद्धको खेलमा खराब शुरुवात गरेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो ।

पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ । आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन् । उनलाई युएईका बलर ओमिद शाफी रहमानले आउट गर्नुभएको हो ।

यस अघि युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गर्नुभएको थियो ।