बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता

दैनिक नेपाल २०८१ वैशाख ६ गते २१:०५

काठमाडौं, ६ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड र फाइनान्स फ्रेन्ड प्रालिबीच सम्झौता भएको छ । वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन सम्झौता गरिएको बैंकले जनाएको छ ।

समझदारी पत्रमा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलबहादुर गरुङ्ग र फाइनान्स फ्रेन्डका अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गर्नुभएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको बैंकले आफ्नो एटीएम कार्ड प्रयोग गरी नेपालभरिका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित