बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

राष्ट्रियसभा सदस्यमा डा.शाक्य र महालेखा परीक्षकमा राय नियुक्त

दैनिक नेपाल २०८१ वैशाख ६ गते १४:१२

काठमाडौं, ६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्यलाई मनोनित गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा.शाक्यलाई मनोनित गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने व्यवस्था छ ।

त्यस्तै राष्ट्रपति पौडेलले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा तोयम रायालाई महालेखा परीक्षक पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० कोउपधारा (२) बमोजिम मोरङका रायालाई महालेखा परीक्षक पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित