२० असार २०८३, शनिबार

एन्फा उपाध्यक्ष लामा रिहा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ बैशाख । अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा रिहा हुनुभएको थियो ।

लागु औषध मुद्वामा अदालतबाट दोषी ठहर हुनुभर फरार रहँदै आउनुभएका लामालाई प्रहरीले हिजो पक्राउ गरेको थियो । पक्राउ परेपछि दावाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सोही रिटको आधारमा उहाँलाई रिहा गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिम उहाँलाई सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको थियो। सर्वोच्चको आदेश अनुसार फैसला कार्यान्वयनतर्फ केही गरिरहनु नपर्ने जिल्ला अदालत काठमाडौंले जनाएको छ।

लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा उच्च अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामालाई लागु औषधको कारोबार गरेको ठहर गरी ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।