बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

डलरको भाउ स्थिर, यूरो र पाउण्डको मूल्य बढ्यो

दैनिक नेपाल २०८१ वैशाख ६ गते ६:५७

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बुधबारदेखि स्थिर छ ।

राष्ट्र बैंकले आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको तोकिएको छ । बुधबार यूरोको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसाका दरले कारोबार भएको थियो ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा तोकिएको छ । बुधबार खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसाले कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । बुधबार खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित