बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

इलामको विकासको जिम्मा एमालेले लिन्छ : केपी शर्मा ओली

दैनिक नेपाल २०८१ वैशाख ५ गते २१:१७

काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र–२ को उपनिर्वाचनमा एमालले पढेलेखेको काम गर्न सक्ने युवालाई उठाएको बताउनुभएको छ ।

इलाम क्षेत्र नम्बर २ को मंगलबारेमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेले योग्य उम्मेदवार उठकै कारण माओवादी केन्द्र, नेकपा माओवाद तथा नेपाल परिवार दलले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेका बताउनुभएको हो ।

सबैलाई आफैँ आफैँ चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले एमालेका उम्मेदवारलाई समर्थन गरेका उहाँको भनाइ छ ।

इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिनुभएको बताउनुहुँदै उहाँले अब जितेर जाने उम्मेदवारले पनि त्यतिकै योगदान देश र जनतालाई गर्ने स्पष्ट पार्नुभयो । विकासको जिम्मा एमालेले लिने पनि उहाँले प्रष्ट पार्नुभएको छ ।

सांसद हुने कुरा भन्दा पनि देश बनाउने कुरा प्रमुख भएको अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित