मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

गण्डकी प्रदेशसभा अधिवेशन आव्हान

दैनिक नेपाल २०८१ वैशाख ५ गते १७:२१

पोखरा, ५ बैशाख । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गर्नुभएको हो । यस अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी समेत गर्नुभएको छ ।

गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दावी गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उहाँको नियुक्ति अहिले विवादमा रहेको छ ।

उहाँको नियुक्तिको विषयमा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ । तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित