मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल बन्यो समूह विजेता

दैनिक नेपाल २०८१ वैशाख ५ गते १६:२७

काठमाडौं, ५ बैशाख । नेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ । ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो ।

वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक अविजित ३२ रन बताउनुभयो । त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाउनुभयो भने दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरको खेलमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो । साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाउनुभयो । अन्य खेलाडिले दोहोरो अंकको रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसी र अविनाश बोहोराले २/२ र ललित राजबंशी र प्रतिश जिसीले १/१ विकेट लिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित