मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

दैनिक नेपाल २०८१ वैशाख ५ गते १६:०२

काठमाडौं, ५ बैशाख । नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो ।

गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८/८ ओभर खेलाइएको थियो ।

साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७।२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ३२ रन बनाउनुभयो भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाउनुभएको थियो । त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बताउनुभयो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको थियो ।

यो जितपछि नेपाल समूह ए मा ४ खेलमा चारै खेल जितेर ८ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको छ । अब नेपालले समूह बि को उपविजेतासँग सेमिफाइनलमा खेल्ने छ ।

यो हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबिया पराजित भएसँगै समुह ए बाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा हङकङले समुह बि को विजेतासँग खेल्ने छ । समूह बि को समुह चरणका अन्तिम खेल पनि आज हुदै छन् ।

प्रतिक्रिया
सम्बन्धित