मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एकल जातीय पहिचानको कुराले समृद्ध नेपाल बन्दैन : रामबहादुर थापा

दैनिक नेपाल २०८१ वैशाख ५ गते १५:४६

इलाम, ५ बैशाख । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खण्डन गर्ने बताउनु भएको छ ।

इलाम क्षेत्र नम्बर २ अन्तरगत इलामको देउमाई नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यो देश सबैको भएकाले एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक नभएको बताउनुभयो।

उपाध्यक्ष थापाले साझा अधिकार र साझा कुराले मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताउनुभयो ।

उहाँले एमालेले साझा अधिकार र साझा कुरा गरेकाले एमाले र माओवादी गठबन्धनका साझा सुहाङ नेम्वाङलाईलाई जिताउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित