मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

आइसीसीको टी-२० वरियतामा दीपेन्द्रको छलाङ

दैनिक नेपाल २०८१ वैशाख ५ गते १४:५५

काठमाडौं, ५ बैशाख । आइसीसीको टी-२० वरियतामा दीपेन्द्र सिंह ऐरीले छलाङ मार्नुभएको छ ।

आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र अलराउण्डरमा ११औ स्थानमा उक्लिनुभएको हो । यसअघि २५औं स्थानमा रहेका दीपेन्द्रले १४ स्थान सुधार गर्दै टी-२० अलराउण्डरमा ११औं स्थानमा उक्लिनुभएको हो ।

दीपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रुपमै चर्चामा रहनुभएको छ ।

उहाँ टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इण्डिजका केरन पोलार्डपछि तेस्रो खेलाडी बन्नुभएको छ । त्यस्तै दिपेन्द्रले टी-२० ब्याट्सम्यानको वरियतामा भने १६ स्थान सुधार गर्दै ६१औं स्थानमा हुनुहुन्छ ।

त्यस्तै टी- २० ब्याट्सम्यानको वरियतामा नेपालका ओपनर आसिफ सेखले ३६ स्थानको सुधार गर्दै ७५औं स्थानमा आउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित