मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

दैनिक नेपाल २०८१ वैशाख ५ गते ११:३५

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ पर्नुभएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरेको हो । दावा लागुऔषध कारोबार मुद्वामा फरार रहँदै आउनु भएको थियो ।

उहाँ खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको थियो ।

उहाँलाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते लागु औषध खैरो हिरोइन बेचबिखन गर्न लागेको कसुरमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित