मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिदै

दैनिक नेपाल २०८१ वैशाख ५ गते ९:१२

काठमाडौं, ५ वैशाख । चर्चित गायिका एलिना चौहानको आज विवाह हुँदैछ । हाल अष्ट्रेलियामा बस्दै आइरहनुभएका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लाग्नुभएको हो ।

परम्परागत रूपमा हुने विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ ।

मंगलबार उहाँले मेहन्दी समारोह गरेको तस्वीर तथा भिडियो सार्वजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित विष्णु मंगलबार नै झापा पुगिसक्नुभएको छ ।

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लाग्नुभएको हो । विष्णु केही समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएको छ । तर, यसबीचमा उहाँहरूको ब्रेकअप भएको हल्ला पनि चलेको थियो । यस हल्लालाइ चिर्दै एलिना–विष्णु विवाह बन्धनमा बाँधिन लाग्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित