मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

आजको विदेशी मुद्रा विनिमय दर : पाउण्ड र युरोको भाउ घट्यो

दैनिक नेपाल २०८१ वैशाख ५ गते ७:३१

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले आज (बुुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसका दरले कारोबार भइरहेको छ ।

मंगलबार अमेरिकी डलर एकको १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भएको थियो । सोमबार भने डलरको खरिद मूल्य १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको रहेको छ । मंगलबार यूरो एकको १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको पुगेकोमा सोमबार एक यूरोको विनिमय मूल्य १४१ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ३७ पैसा तोकिएको थियो ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा पुगेको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित