९ असार २०८३, मंगलबार

‘सिरानीको साथी’ भन्दै दिक्पालले सेजललाई गरे विदेश नजान अनुरोध

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । गायक वसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ ।

सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ ।

गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पीडा व्यक्त छ । गीतले विदेशिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ ।

गीतको संगीत संयोजन अशोककुमार राईले गर्नुभएको हो ।

गीतको भिडिओमा दिक्पाल कार्की र सेजल कफियाको अभिनय छ । दिक्पाल र सेजल भिडिओमा श्रीमान् श्रीमतीको भुमिकामा देखिनुभएको छ ।

अमृत सुनुवारको छायांकन, शौखिन तिमल्सिनाको सम्पादन रहेको भिडिओका सहायक निर्देशक सम्यक अधिकारी हुनुहुन्छ । भिडिओको निर्देशन समन अधिकारीले गर्नुभएको हो ।