१ श्रावण २०८३, शुक्रबार

सत्ता समीकरण भत्काउन देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेका छन् : केपी ओली

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ४ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको नयाँ सत्ता समिकरण भत्काउनेको लागि देशी–विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेको बताउनु भएको छ ।

चुनावी अभियानका लागि इलाम प्रस्थान गर्ने क्रममा झापामा आयोजित एमाले झापा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सत्ता समीकरण ढाल्नका लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले केही घटना घटिहाले अप्ठेरो नमान्न आग्रह गर्नुभएको हो ।

एमालेले पहिले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्मलिएर कांग्रेससँग सहकार्य गर्न पुगेको र अहिले देशको पक्षमा निर्णय गरेको अध्यक्ष ओलीको भनाइ छ ।

उहाँले एमालेले सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेको स्पष्ट पार्नुभयो ।

अर्को प्रशंगमा अध्यक्ष ओलीले केही सहकारी मान्छेलाई ठग्ने ठाउँ बनेको टिप्पणी गर्नुभएको छ । गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर पैसा अपचलन गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको उहाँको भनाइ छ ।