१७ असार २०८३, बुधबार

मधेस सरकारबाट बाहिरियो लोसपा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ४ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरको छ ।

लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिनुभएको छ । मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् ।

१०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९ र एकीकृत समाजवादीका ७ सांसद हुनुहुन्छ ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक/एक र एक स्वतन्त्र सांसद हुनुहुन्छ ।

मधेशमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।