मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी

दैनिक नेपाल २०८१ वैशाख ४ गते १४:२७

मुम्बई, ४ बैशाख । बलिउड अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’ को काम गरिरहनुभएको छ ।

फिल्मबाट उहाँकी छोरी सुहाना खान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा हुनुहुन्छ । फिल्मलाई शाहरुखले आफ्नो व्यानर रेड चिलिज इन्टरटेनमेन्ट मार्फत बनाउँदै हुनुहुन्छ ।

हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुईसय करोड लगानी गर्दै हुनुहुन्छ । फिल्मका लागि शाहरुखको टीम एक वर्षयता गृहकार्य गरिरहेको छ । छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठूलो स्केलमा बनाउनका लागि कुनै कसर बाँकी राखेका छैनन् ।

फिल्मसँग जोडिएका निर्माता तथा निर्देशक सिद्धार्थ आनन्द केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपर्नुभएको छ । सिद्धार्थ र शाहरुख एकसाथ मिलेर फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने तयारीमा हुनुहुन्छ । त्यहीकारण उहाँहरु अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मका लागि स्टन्ट डिजाइन गरिरहनुभएको छ ।

उहाँहरु भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेको हुनुहुन्छ । फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा सुरु हुँदैछ । निर्माताहरु यसै वर्षको ६ महिना सुटिङ गरेर आगामीवर्षको ६ महिनामा यसलाई दर्शक माझ ल्याउने योजनामा हुनुहुन्छ ।

सुहानाले गतवर्ष नेटफ्लिक्समा रिलिज फिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गर्नुभएको थियो । फिल्ममा उहाँले वेरोनिकाको भूमिका निभाउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित