१ श्रावण २०८३, शुक्रबार

आईपीएल : आज कोलकोता र राजस्थान भिड्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन् । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुने छ ।

जारी आईपीएलमा शीर्ष र दोस्रो स्थानमा रहेका यी दुवै टिमको खेल रोचक हुने देखिएको छ । राजस्थान रोयल्सले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेल जितेर १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै कोलकोताले खेलेका ५ खेलमा ४ जित हासिल गर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपीएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आर्र्ईपीएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् ।

त्यस्तै उनी बाहेक गत आईपीएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुन सक्छन् । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।

कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।

त्यस्तै राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आईपीएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।